News
आठराई त्रिवेणीलाई मैत्रीपूर्ण फुटबलको उपाधि
ह्वाकु (तेह्रथुम) । आठराई गाउँपालिका ३ स्थित ह्वाकुमा आयोजित श्रीजङ राय स्मृति फुटबल प्रतियोगितामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको महिला टिम विजयी भएको छ ।
प्रतियोगिताको फाइनल खेलअघि मौलाडाँडा खेलमैदानमा आयोजित मैत्रीपूर्ण खेलमा आठराई गाउँपालिकाको टिमलाई १-० गोलअन्तरले पराजित गर्दै पाहुना टोली विजयी भएको हो ।
आठराई त्रिवेणी गाउँपालिकाका लागि आशिका श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको थियो । विजेता टिमले नगद १२ हजारसहित ट्रफी पाउँदा उपविजेता टिमले नगद ७ हजारमा चित्त बुझाएको छ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा