News प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

धरान । धरान फुटबल क्लब, सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिका, सुनसरीको विशेष सहयोगमा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

धरान–१६, सुनसरी स्थित धरान रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ २२ गतेका दिन आयोजक धरान फुटबल क्लब, सुनसरी र जर्जियन फुटबल क्लब, भारत भिड्ने छन् । नेपाल, भारत र भुटानका गरी कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल फागुन २ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीलाई एक थान होण्डा डियो स्कुटी प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

Post Comments