सैनामैना । सहज जित निकाल्दै मुर्गिया एफसी रुपन्देहीमा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनल खेलतर्फ मुर्गियाले नव कञ्चन एफसीलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गर्यो ।
सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको २६औं मिनटमा बिनय क्षेत्रीको गोलबाट मुर्गियाले खेलमा अग्रता लिएको थियो । त्यस्तै थप दुई गोल भने लगातार ४९ र ५९औं मिनटमा अरुण चौधरीले गरे । उता पराजित नव कञ्चनका लागि ६६औं मिनटमा असमन पुनले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच मुर्गिया एफसीका दुई गोलकर्ता अरुण चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल फोर ब्रदर्श, नवलपरासी र फुलबारी गाईज, बुटवलबीच हुने आयोजकले जनाएको छ ।
सैनामैना नगरपालिको आयोजना तथा जनप्रिय स्र्पोटिङ क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ५ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने