खैरेनी । कठिन जितका साथ सितलापुर युवा क्लब रुपन्देहीमा जारी दोस्रो देवदह कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा सितलापुरले फर्साटिकर युवा क्लबको चुनौति १–० ले पन्छायो ।
प्रतियोगितामा ‘बाई’ पाएका दुवै टोलीले मंगलबार सोझै क्वाटरफाइनलमा खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा सितलापुरले अतिरिक्त समयमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।
देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थपिएको ५–५ मिनटको अतिरिक्त समयतर्फ चौथो मिनटमै बिशाल ठकुरीले सितलापुरका लागि एक मात्र निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याउन सफल भएका थिए ।

खेलको म्यान अफ द म्याच सितलापुरका निर्णायक गोलकर्ता बिशाल ठकुरी नै घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबारको खेल बारागढी युथ क्लब र सुनवल युथ क्लबबीच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिए ।
डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने संयोजक घलेले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ८ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने