मेरिङदेन । शुक्रबारदेखि शुरु भएको प्रथम लिङ्तेप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा लालीमा क्लब, ढुङ्गेसाघुले फराकिलो जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा लालीमाले आयोजक प्रगतिशील युवा क्लब, मेरिङदेन (निलो) लाई ७–३ को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । लालीमाको जितमा बिकास परियारले ह्याट्रिक गरे भने प्रतिश थापा मगरको नाममा दुई गोल रह्यो । त्यस्तै अभिषक लिम्बु र सुरेन लिम्बुले समान एक–एक गोल गरे । उता पराजित प्रगतिशील (निलो) का लागि केशर लिम्बुले दुई गोल गर्दा थप एक गोल अमृत लिम्बुले गरे ।
खेलमा ह्याट्रिक गरेका लालीमाका बिकास परियार म्यान अफ दि म्याच बने । यो जितसँगै लालीमा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ १० गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल प्रगतिशील युवा क्लब (रातो) र मानाभरा युवा स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
प्रगतिशील युवा क्लब, मेरिङ्देन–४, लिङ्तेप, ताप्लेजुङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १३ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई