मोरङ । मिक्लाजुङ युथ क्लबको आयोजनामा प्रथम मिक्लाजुङ मोरङ अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिता मिक्लाजुङ गाउँपालिका–४ स्थित सफेवा खेल मैदानमा माघ १८ गतेदेखी २५ गतेसम्म सन्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न गाउँपालिका तथा नगरपालिकाका आठ टोली सहभागी हुनेछन्। खेल तालिका अनुसार मिक्लाजुङ, चुलाचुली, लेटाङ, उर्लाबारी, दमक, बेलबारी, केराबारी र पथरी शनिश्चरेका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। खेलहरू नकआउट प्रणालीमा सञ्चालन गरिनेछन्।
प्रतियोगिताको फाइनल खेल माघ २५ गते आयोजना हुनेछ भने खेलहरू प्रत्येक दिन दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
विजेता टोलीले रु. १ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने क्लबका सचिब सोमबहादुर लिम्बुले बताए ।
स्थानीय तहबीचको खेलकुद सम्बन्ध मजबुत बनाउने र युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिक्लाजुङ युथ क्लबका अध्यक्ष भरत राईले जानकारी दिए ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा