News सिद्धार्थ क्लब आठौं सञ्जिवनी कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बागधुरा । सिद्धार्थ क्लब, चपरहट्टी रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ सिद्धार्थले जनज्योति क्लब, डिंगरनगरलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । खेलमा सिद्धार्थका अशोक सुनार म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १८ गते आइतबारको खेल आयोजक सञ्जिवनी युवा क्लब, बागधुरा र अमुवा युवा क्लब, अमुवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

 

 

Post Comments