News वार्ड नम्बर ४ प्रथम सैनामैना वार्ड लिग कपको फाइनलमा
सुरज राना मगर

मुर्गिया । प्रभावशाली जितका साथ वार्ड नम्बर ४ रुपन्देहीको सैनामैना नगरपालिकामा जारी प्रथम सैनामैना वार्ड लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना रंगशालामा भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ११ लाई ३-० को अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

वार्ड नम्बर ४ का लागि निशान्त न्यौपानेले दुई गोल गर्दा थप एक गोल प्रबिन भारीले गरे । खेलमा दुई गोल गरेका निशान्त न्यौपाने म्यान अफ दि म्याच बने ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, रुपन्देहीको आयोजना तथा सैनामैना नगर खेलकुद विकास समितीको सह-आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ २८ गतेका दिन हुनेछ ।

Post Comments