बुटवल । आयोजक सञ्जिवनी युवा क्लबलाई निराश तुल्याउँदै योङ स्टार एफसी जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा योङ स्टारले सञ्जिवनी माथि ३–१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा योङ स्टारका लागि आशिष गुरुङले दुई गोल गरे भने थप एक गोल सुमन दर्लामीले गरे । उता पराजित सञ्जिवनीका लागि रुमेश बर्तौला क्षेत्रीले एक मात्र गोल गरेका थिए ।

खेलमा सञ्जिवनीले पेनाल्टीको अवसर पनि पाएको थियो । तर सञ्जिवनीका राजेश परियारले गरेको पेनाल्टी प्रहार योङ स्टारका गोलरक्षक कुशल बिकले जोगाएका थिए । खेलको म्यान अफ द म्याच सञ्जिवनीका योगराज क्षेत्री घोषित भए ।
योङ स्टारले फाइनलमा डिएमसी तुल्सीपुरसँग खेल्नेछ । फाइनल खेल फागुन १ गते शनिबारका दिन हुनेछ । सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने