फिदिम । पाँचथरको फिदिम भेट्रान्स क्लबले तेह्रथुमका खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका अनुभवी व्यक्तित्व सुमन खापुङलाई विशेष सम्मान गरेको छ।
तेस्रो अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्ड कप २०८२ को उद्घाटन समारोहका अवसरमा जोर पोखरी, पाँचथरमा आयोजित एक भव्य कार्यक्रमबीच खापुङलाई सम्मान गरिएको हो।
आठराई भेट्रान्स क्लबका पूर्व खेलाडी तथा एन्फा रेफ्रीका रूपमा सक्रिय खापुङलाई नगद राशि, दोसल्ला, प्रमाणपत्र तथा स्पोर्ट जर्सी सेट प्रदान गर्दै सम्मान गरिएको थियो।
खेलकुद क्षेत्रमा उहाँले पुर्याएको दीर्घकालीन योगदान, अनुशासन र समर्पणको उच्च कदर गर्दै फिदिम भेट्रान्स क्लबले यो सम्मान अर्पण गरेको जनाएको छ।
क्लबका सचिव असल मगरका अनुसार “अग्रजलाई सम्मान, आजको पुस्तालाई प्रोत्साहन” भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष एक जना भेट्रान्स खेलाडीलाई सम्मान गर्ने परम्परा निरन्तर अघि बढाइएको छ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि