काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फेब्रुअरी महिनाका लागि निकालेको नयाँ वरियतामा नेपाल १७१औं स्थानमा यथावत छ । नेपालले कुल ९६८ अंक बटुल्दै सो स्थानमा रहेको हो ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । त्यस्तै भारत १०४औं स्थानमा छ र दक्षिण एसियातर्फ पनि शिर्ष स्थानमा शिर्ष स्थानमा छ । फिफा वरियताको १५५औं स्थानमा रहेको माल्दिभ्स भने दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
त्यस्तै १८६औं स्थानमा रहेको बंगलादेश पनि यथावत नै छ र दक्षिण एीसयातर्फ चौथो स्थानमा छ । १८९औं स्थानमा भुटान छ । र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यसैगरी २००औं स्थानमा रहेको पाकिस्तान र २०६औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ भने क्रमशः छैटों र सातों स्थानमा छ ।
बेल्जियम शिर्ष स्थानमा छ
फिफाको विश्व वरियतामा बेल्जियम शिर्ष स्थानमा छ । बेल्जियमले कुल १७८० अंक जोडेको छ । दोस्रो स्थानमा भने विश्व च्याम्पियन फ्रान्स रहेको छ । त्यस्तै वरियताको तेस्रो स्थानमा भने ब्राजील छ । युरोपियन च्याम्पियन पोर्चुगल भने विश्व वरियताको पाँचौं स्थानमा रहेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै