काठमाडौं । यस सिजन भारतको चर्चित आइ लिग खेल्न एजवाल एफसीमा आवद्ध भएका नेपालका स्टार फरवार्ड अभिषेक रिजाल अनिवार्य क्वारन्टिनपछि सोमबार क्लबको नियमित अभ्यासमा फर्र्किएका छन् ।
अभिषेक अभ्यासमा फर्किएको कुरा एजवालले आफ्नो आधिकारिक सामाजिक सञ्जालबमा तस्विर पोष्ट गर्दै सार्वजनिक समेत गरेको छ । मैदान फर्किएसँगै अभिषेकले मंगलबार घरेलु मैदान राजीव गान्धी स्टेडियममा हुने रियल काश्मिर एफसी विरुद्धको खेलमा डेब्यु गर्ने सम्भावना पनि छ ।
स्मरण रहोस, एजवालले बिहीबार मात्र आइ लिगतर्फ मोहम्मद स्र्पोटिङ क्लबलाई ३–० ले हराएको थियो । लिगतालिकामा एजवाल हाल ८ खेलबाट १२ अंकका साथ पाँचौं स्थानमा छ । लिगको शिर्ष स्थानमा भने १६ अंकका साथ चर्चिल ब्रदर्श रहेको छ ।
यस सिजन आइ लिग खेल्ने अभिषेक तेस्रो नेपाली खेलाडी समेत हुन् । यसअघि किरन चेम्जोङले राउण्डग्लास पञ्जाब एफसीका लागि खेलिरहेका छन् भने प्रकाश बुढाथोकीले नेरोकाका लागि यसै सिजन डेब्यु गरिसकेका छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै