काठमाडौं । अखिल नेपाल फुटबल संघ –एन्फा) ले ग्यारी फिलिप्सलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फिलिप्सले अब पूर्व प्रशिक्षक हरि खड्काको स्थान लिने छन् ।
उनको नियुक्तिबारे एन्फाले बिहीबार आधिकारिक रुपमा पुष्टी गरेको छ । साथै एन्फाका अनुसार उनको कार्यकाल एक बर्षका लागि रहेको समेत बताइएको छ ।
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्सको नियुक्तिलाई लिएर एन्फा टेक्निकल कमिटीका पाँँच सदस्यहरुले फिलिप्सको नाम सिफारिस गरेका थिए ।
त्यस्तै आगामी साफ महिला च्याम्पियनसिप र एएफसी महिला एसियन कप च्याम्पियनसिप २०२२ को छनौट प्रतियोगिता तयारीका लागि छिटै बन्द प्रशिक्षण शुरु गरिने समेत एन्फाले जनाएको छ ।
स्मरण रहोस, सनु २०१९ को जुलाईमा एएफसीको आर्थिक सहयोगमा फिलिप्सलाई एन्फाले टेक्निकल डाइरैक्टरका रुपमामा नियुक्त गरेको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै