News पोर्चुगलमा पैयुँ पर्वत कप २०२६ हुँदै, पदाधिकारीहरुको जिम्मेवारी पनि बाँडफाँड
गोलनेपाल

काठमाडौं । मर्दिखोला युनाइटेड क्लबको आयोजनामा पोर्चुगलको अल्मोग्राभमा पैयुँ पर्वत कप २०२६ फुटबल पतियोगिता हुने भएको छ । आयोजकले त्यसबारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी समेत गराएको छ ।

प्रतियोगितालाई भव्य र सभ्य रूपमा सफल बनाउन पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, पैयुँवासी एवं पर्वतवासी सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई अल्मोग्राभमा उपस्थित भई प्रतियोगिताको शोभा बढाइदिन आयोजकले अनुरोध समेत गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ।

अर्जुन बस्याल – अध्यक्ष

विक्रम न्यौपाने – उपाध्यक्ष

नारायण अधिकारी – सचिव

दिवस भुसाल – सहसचिव

टंकप्रसाद गुरुङ – खेल संयोजक

खेलकुद सल्लाहकार: कृष्ण दाई विष्णु तिवारी

त्यसबाहेक आशिष भुसाललाई टिम व्यवस्थापनको जिम्मेवारी समेत दिइएको छ ।

Post Comments