News
एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत पहिलो सातादेखि शुरु हुन गईरहेको एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक गरेको छ ।
प्रतियोगितामा सात प्रदेशका लिग विजेताले सहभागिता जनाउँदै छन् । चैत २ देखि १५ गतेसम्म हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा मनकामना युवा क्लब, रौतहट र स्टार सिटी युवा क्लब, कैलाली भिड्ने छन् ।
प्रतियोगिताको सबै खेलहरु नेपालगंज स्टेडियममा हुने एन्फाले पुष्टी गरेको छ । प्रेसिडेन्ट लिगको शिर्ष चार स्थानमा रहने टोलीहरुले शहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीहरुसँग राष्ट्रिय लिग खेल्ने एन्फाले जनाएको छ ।
यस्तो छ एन्फा प्रेसिडेन्ट लिगको खेलतालिकाः

Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै