News
स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु
बुटवल । डिएमसी, तुल्सीपुरको आयोजनामा क्लबका पूर्व खेलाडी तथा म्यानेजर स्व. लोक प्रसाद गुरुङको स्मृतिमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
चैत १ गते आइतबारका दिन भएको उद्घाटन खेलमा डिएमएससी र सम्पुर्ण युवा क्लबले जित हात पारेका छन् । उदघाटन खेलमा डिएमएससीले जनज्योति क्लबमाथि ३–१ को जित निकाल्यो ।
तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा भएको दोस्रो खेलमा सम्पुर्ण युवा क्लबले पक्लिहवा–११ माथि २–० को जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
कुल २६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक जिवन सुवेदीले जानकारी दिए ।

Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने