काठमाडौं । नेपालकै पहिलो बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) मा सहभागि दुई टोली काठमाडौं रेजर्स एफसी र बिराटनगर सिटी एफसीले पनि आफ्नो मार्की खेलाडी अनुबन्ध गरेका छन् ।
बिराटनगरले राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रजिन धिमाललाई तथा काठमाडौंले गोलरक्षक बिकेश कुथुलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको हो । रजिनले गत बर्ष मच्छिन्द्र क्लबका लागि ए डिजिन लिग खेल्दै टोलीलाई लिग च्याम्पियन समेत बनाएका थिए ।
त्यस्तै काठमाडौंले बिकेश कुथुलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको कुरा बिहीबार घोषणा गरेको छ । यमाहा नेपालको स्वामित्वमा रहेको काठमाडौंले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको समेत पुष्टी गरेको छ ।
नेपाल स्पोर्टउस एण्ड म्यानेजमेण्टको आयोजनामा आउँदो बैशाख ११ देखि २५ गतेसम्म शुरु हुन गईरहेको नेपाल सुपर लिगमा देशभरिका कुल ७ फ्रेन्चाईज टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगका सबै खेलहरु दशरथ रंगशालमा हुने छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै