News
रेसुङ्गाको जितमा आशिषको निर्णायक गोल

बुटवल । आशिष गुरुङले निर्णायक गोल गरेपछि रेसुङ्गा एफसी जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न खेलमा रेसुङ्गाले खुकुरी एफसीमाथि १–० को जित निकाल्यो । रेसुङ्गाका लागि आशिष गुरुङले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
त्यस्तै दोस्रो खेलमा धिम्री समाजले राइजिङ स्टारलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक जिवन सुवेदीले बताए ।
प्रतियोगितामा कुल २६ टोलीहरुको सहभागिता रहेको समेत संयोजक सुवेदीले जानकारी दिए ।
Post Comments