News हिमालयनसँग आयोजक स्तब्ध, सोमई ब्रदर्शको पनि जित
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा हिमालयन युथ क्लब र सोमई ब्रदर्श विजयी भएका छन् ।

तिलोत्तमा–९ स्थित गौतमबुद्ध माविको खेलमैदानमा सम्पन्न पहिलो खेलमा हिमालयनले आयोजक डिएमसीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो खेलमा सोमई ब्रदर्शले आरके एफसीमाथि २–० को जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक जिवन सुवेदीले बताए ।

 

Post Comments