काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने मासिक विश्व फुटबल वरियतामा नेपालको वरियता यथावत रहेको छ । फिफाले सार्वजनिक गरेका अप्रिल महिनाको नयाँ वरियतामा नेपाल १७१औं स्थानमा यथावत रहेको हो ।
त्यसका लागि नेपालले कुल ९६७.८८ अंक बटुलेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा रहेको छ । फिफा वरियताको १०५औं स्थानमा रहेको भारत भने दक्षिण एसियाको शिर्ष स्थानमा कायम छ । १५५औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
त्यसैगरी १८४औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ भने चौथो स्थानमा रहँदा १८७औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । २०४औं स्थानमा रहेको श्रीलंका भने दक्षिण एसियातर्फ पुछारमा छ । स्मरण रहोस, पाकिस्तान भने हाल फिफाको निलम्बनमा छ ।
विश्व वरियतामा बेल्जियम अगाडी
त्यसैगरी फिफाको शिर्ष वरियतामा बेल्जियम अगाडी छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा दक्षिण अमेरिकी च्याम्पियन ब्राजील तेस्रो स्थानमा रहेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै