प्रथम अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि बुद्धशान्ति १ नम्बर वडाले हात पारेको छ ।
होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि रक्षा गरेको हो ।
१ नम्बर वडाका लागि विकास कट्टेल र सागर रसाइलीले गोल गर्न सफल भए । पहिलो हाफको ६ मिनेटमै विकास कट्टेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको १२औँ मिनेटमा सागर रसाइलीले गोल गरेर अग्रता दोब्बर बनाए । उनैले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल खेलको १८औँ मिनेटमा गरेर फराकिलो अन्तर निकालेका थिए ।
खेलको म्यान अफ दी म्याच २ नम्बर वडाका बबिन बोहोरा घोषित भए । त्यस्तै, हेमन्त सुजी बेस्ट मिडफिल्ड भए ।
विजेता १ नम्बर वडाका लागि बेस्ट गोलकिपर विवेक मगर, बेस्ट डिफेन्स पवन परियार, बेस्ट स्ट्राइकर सागर रसाइली, बेस्ट प्लेयर विकास कट्टेल घोषित भए भने बेस्ट कोच बालकुमार राई भए ।
विजेता टिमलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले 'मामा' लगायतले पुरस्कार प्रदान गरे ।
विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँग ट्रफी पाएको छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक