काठमाडौं । खेलमा शुरुवाती अग्रता लिएर पनि नेपालले भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा रोमाञ्चक बराबरीमा खेलेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले पछिल्ला खेलहरुमा भन्दा सुधारिएको प्रदर्शन गरे तापनि भारतसँग १–१ को बराबरीमा रोकिन पुगेको हो ।
खेलको ३६औं मिनटमा अन्जन बिष्टले बक्स नजिकैबाट गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले व्याक पास खेलेको बललाई अफ मार्क रहेका अन्जनले चलाखीपुर्ण रुपमा सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाएका थिए ।
तर नेपालले त्यो गोलको अग्रतालाई पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफमा भारतले पूनःरागमन गर्यो । भारतीय कप्तान सुनिल क्षेत्रीले बक्स बाहिरबाट गरेको कडा प्रहारलाई गोलरक्षक किरन चेम्जोङले उत्कृष्ट रुपमा जोगाए तापनि रिबाउण्ड भएको सोही बललाई ६०औं मिनटमा अनिरुद्ध थापाले गोलमा परिणत गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
नेपालले भारत विरुद्धको दोस्रो मैत्रीपुर्ण खेल भदौ २० गते आइतबारका दिन दशरथ रंगशाला मै खेल्नेछ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि