News
बंगलादेशको फराकिलो हार
काठमाडौं । एएफसी वुमन्स एसियन कप छनौट खेल्न उज्वेकिस्तान मै रहेको अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशको महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ ।
समूह जी मा रहेको बंगलादेशले आइतबार तश्केन्ट स्थित मिली स्टेडियममा भएको पहिलो खेलमा बलियो जोर्डनसँग ५–० को हार बेहोरेको छ । बंगलादेशले आफ्नो दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ ।
स्मरण रहोस, छनौट प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोली पनि तश्केन्ट मै छ । नेपालले शनिबार मात्र फिलिपिन्ससँग २–१ को हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार हङकङसँड भिड्दैछ ।
प्रत्येक समूहको शिर्ष टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै