काठमाडौं (एजेन्सी) । साफ च्याम्पियनसिपको आयोजक राष्ट्र तथा साविक विजेता माल्दिभ्स पनि बिदेशी भूमिको बन्द प्रशिक्षण पश्चात सोमबार स्वदेश फर्किएको छ ।
स्मरण रहोस, माल्दिभ्सले पनि कतारको राजधानी दोहामा लामो समय बन्द प्रशिक्षण गरेको थियो । साथै केही मैत्रीपुर्ण फुटबल म्याच समेत खेलेको थियो ।
सोमबार स्वदेश फर्किनु अघि माल्दिभ्सले अन्तिम अभ्यास म्याचका रुपमा कतार आर्मी नेशनलसँग खेलेको थियो । जुन खेलमा दुवै टोली १–१ को बराबरीमा रोकिएका थिए । सो खेलमा माल्दिभ्सका लागि अली फसिरले गरेका थिए ।
अक्टुबर १ देखि १६ तारीखसम्म हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमै माल्दिभ्स र नेपालले प्रतिस्पर्धा गर्ने कार्यक्रम छ । नेपाली टोलीले पनि कतार मै लामो बन्द प्रशिक्षण गरेर सोमबार माले सिटी पुगेको थियो ।
प्रतियोगितामा यस बर्ष दक्षिण एसियाका नेपाल सहित माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका गरि कुल ५ टोलीहरुले मात्र सहभागिता जनाउँदै छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै