News
फराकिलो हारसँगै नेपालको चुनौति समाप्त
काठमाडौं । लगातार दुई हारसँगै नेपालको जारी एएफसी यु–२३ एसियन कप छनौटको यात्रा समाप्त भएको छ । समुह चरणतर्फ बिहीबार महत्वपूर्ण मानिएको खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० को फराकिलो हार बेहोरेपछि नेपालको चुनौति समाप्त भएको हो ।
स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानसँग ४–० को हार बेहोरेको थियो । बिहीबार नै भएको समुह बी तर्फको अर्को खेलमा इरानले लेबनानलाई २–० ले हरायो । लेबनानले पनि आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग १–० को हार बेहोरेको थियो ।
लगातार दुई हारसँगै नेपाल र लेबनान प्रतियोगिताबाट बाहिरिएका छन् । र समूह चरणको अन्तिम खेलमा अक्टुबर ३१ तारीखका दिन यी दुई टोली नै आमने सामने हुनेछन् । जुन खेल दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ । त्यस्तै सोही दिन इरान र ताजिकिस्तान पनि भिड्ने छन् ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट