News
राजेशको गोलसँगै इटहरी सेमिफाइनलमा

केराबारी । इटहरी फुटबल क्लब, सुनसरी यहाँ जारी प्रथम स्व. राजु सोदेन स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा इटहरीले लेटाङ फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । प्रस्तावित केराबारी रंगशालामा भएको खेलमा इटहरीका लागि राजेश लुंगेलीले एक मात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ द म्याच भने इटहरीका गोलरक्षक सुजित चौधरी घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १२ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल झापा एफसी, झापा र फेयर एफसी, धरानबीच हुने आयोजकले जनाएको छ ।
यहि कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
Post Comments
Related News