News
सक्सेस, हिरा डाँगी स्मृति कप फूटबलको फाईनलमा
सक्सेस फुटबल क्लब दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार सम्पन्न सेमिफाइनल खेलमा युएनबिसी घोराही लाई सुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदान तुलसिपुरमा भएको शानदार खेलको ६७ औ मिनेटमा जर्सी न ८ का खेलाडी बृजेश चौधरीले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।
त्यस्तै जर्सी न ९ आशिष जिसि थिङकि ले प्रहार गरेको बल लाई सदुपयोग गरेका जर्सी न १० का सन्जु सेनले खेलको ७२ औ मिनेटमा गोल गर्दै टिम लाई २-० को जित दिलाउन सफल भए ।
खेलअबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी न ४ का खेलाडी सबिन ओलि म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय र ट्रफी हात पारे । त्यस्तै पहिलो गोलकर्ताको पुरस्कार जर्सी न ८ का ब्रीजेस चौधरी ले हात पारे ।
यसैबिच प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टरिगाउ फुटबल क्लब तुलसिपुर १२ र साहारा क्लब लखनउ भिड्ने भएका छन् ! खेल दिउँसो साढे दुई बजेपछी हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमा ले जानकारी दिएका छन् ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा