News
क्वाटरफाइनलमा कनकाई र रोङ

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनौटतर्फ कनकाई नगरपालिका र रोङ गाउँपालिका आ–आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा समूह ए को विजेता कनकाईले समूह जे को विजेता सुनकोशी गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यस्तै दोस्रो खेलमा समूह ई को विजेता रोङ गाउँपालिकाले समूह एफको विजेता तुलसीपुर नगरपालिकामाथि ४–१ को एकतर्फी जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल ३१ टोलीहरुले सहभागिता जनाएका थिए । यहि कार्तिक २८ गतेसम्म चल्ने प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)
- प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)