
काठमाडौं । सहज जित निकाल्दै ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका यहाँ जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो क्वाटरफाइनलमा समूह बी को विजेता समेत रहेको ललितपुरले समूह डी को विजेता शिवसताक्षी नगरपालिकालाई ४–० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ धनगढीले बाँसगढी नगरपालिकालाई १२–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । स्मरण रहोस, ललितपुर र धनगढी दुवैले सोझै बाई पाएर क्वाटरफाइनलमा भिडेका थिए । बुधबार थप दुई क्वाटरफाइनल खेलहरु हुँदै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल ३१ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुने छन् । फाइनल यहि कार्तिक २८ गतेका दिन हुनेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)