
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ तेस्रो चरणको समूह ए मा रहेका तीन टोली दक्षिण कोरिया, इरान र युएईले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
दोहामा सम्पन्न खेलमा दक्षिण कोरियाले इराकलाई ३–० ले हरायो । त्यस्तै जोर्डनको अम्मानमा भएको खेलमा इरानले सिरियामाथि समान ३–० को जित निकाल्यो ।
त्यस्तै युएईले लेबनानलाई उसकै घरमा १–० ले हरायो । जारी छनौट प्रतियोगितामा युएईको यो पहिलो जित समेत थियो । ६ खेलहरुको समाप्ती पश्चात १६ अंक जोडेको इरान समूह ए को शिर्ष स्थानमा छ ।
१४ अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा ६ अंकका साथ युएई तेस्रो स्थानमा छ । त्यस्तै ५ अंक जोडेको लेबनान चौथो स्थानमा रहँदा ४ अंकका साथ इराक पाँचौं स्थानमा छ । २ अंक जोडेको सिरिया भने पुछारमा छ ।
📊 Here are the standings in Group A & Group B after Matchday Six of the #AsianQualifiers 👀
— #AsianCup2023 (@afcasiancup) November 17, 2021
😃😐☹️ How happy are you with your team's performance so far?#RoadToQatar pic.twitter.com/QtvbR9knZY
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने