
झापाको शिवसताक्षी ७ मा जारी प्रथम एनी फाक्तेप गोल्डकपमा जलथल एफसी हल्दिबारी विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
फाक्तेप खेल मैदानमा भएको खेलमा दमकको रोयल स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै जलथलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । जलथलका लागि पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल सम्भव भएका हो । प्रतिस्पर्धात्मक खेलमा जलथलका लागि श्याम मुर्मुले पहिलो हाफको २३औँ मिनेटमा गोलको खाता खोलेका थिए ।
यसैगरी, राजकुमार कन्दङवाले जलथलका लागि दोस्रो खेलको इन्जुरी समयमा गरे । खेलको म्यान अफ दी म्याच जलथलका राजकुमार कन्दङवा घोषित भए ।
उनलाई झापा XI फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले नगद ३ हजारसहित ट्रफी प्रदान गरे ।
फाक्तेप फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन् ।
सोमबार सुनसरीको धरान सिटी र इलामको माइभ्याली स्पोर्टि क्लबबीच प्रतिस्पर्धा हुने । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।