News
सहलेसलाई कमलाखोज गोल्डकपको उपाधि
सिन्धुली । कमलाखोज गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लबले जितको छ ।
शुक्रबार भएको उपाधि भिडन्तमा सहलेशले चारनाथ युवा क्लबलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । सहलेशको जितमा रोमियो र ओम सिंहले गोल गरे ।
विजेता बनेको सहलेशले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चरनाथले १ लाखमा चित्त बुझायो ।
उमेश कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक दिलमणि चौधरी घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार रोशन अधिकारीले हात पारे ।
नमुना जनउत्थान क्लब, डकाह, सिन्धुलीको आयोजनामा मंसिर १७ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै