काठमाडौं । यस सिजन आफ्नो प्रशिक्षकीय जिम्मेवारीमा संकटालाई राम्रो लयमा अगाडी बढाईरहेका पोखरेली प्रशिक्षक बिष्णु गुरुङले राष्ट्रिय फुटबल टोलीको दोस्रो सहायक प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
नेपाली फुटबल टोलीको प्रारम्भिक छनौटमा परेका खेलाडीहरुले मंगलबारदेखि बन्द प्रशिक्षण थालेका छन् । नेपालले यहि जनवरी २९ र फेब्रुअरी १ तारीखका दिन मौरिसससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रमका छ । सोही म्याचका लागि नेपाली टोलीले बन्द प्रशिक्षण पनि थालेको हो ।
टोलीको मुख्य प्रशिक्षकमा अब्दुला अल्मुतारी नै छन् । सहायक प्रशिक्षकमा किरन श्रेष्ठ छन् भने गोलरक्षक प्रशिक्षक बिकास मल्ल छन् । यहि प्रशिक्षकीय टिममा बिष्णु गुरुङले पनि जिम्मेवारी पाएका हुन् ।
यस सिजन ए डिभिजन लिगमा गुरुङकै प्रशिक्षकीय जिम्मेवारीमा संकटा क्लबले खेलेको ९ खेल मध्ये ३ मा जित, ५ मा बराबरी र एक खेलमा मात्र हार बेहोरेको छ । र १४ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)