काठमाडौं । नेपालसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि अफ्रिकी देश मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आईपुगेको छ ।
पाहुना टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली तथा लिग कमिटीका उप–निर्देशक रमेश रायमाझी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, फिफा वरियताको १७२औं स्थानमा रहेको मौरिसस र १६९औं स्थानमा रहेको नेपालबीच यहि जनवरी २९ तारीखका दिन पहिलो र फेब्रुअरी १ तारीखका दिन दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने कार्यक्रम छ ।
दुवै खेल दशरथ रंगशालामा हुनेछन् । यद्यपि वर्तमान असहज परिस्थितिका कारण ती दुवै मैत्रीपूर्ण खेल दर्शकविहीन खेलाईने सम्भावना प्रबल छ । कोभिड–१९ संक्रमण दर निरन्तर बढी रहेका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा रहेको दशरथ रंगशालाका सबै खेलकुद पूर्वाधारहरु स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द छन् ।
यो अवस्थामा नेपाल र मौरिससबीचको खेल पनि दर्शकविहीन रुपमा खेलाईने लगभग तय भईसकेको छ । यसबारे एन्फाबाट आधिकारिक घोषणा हुन मात्र बाँकी छ । साथै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन गर्ने समेत बुझिएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान