News
फागुन दोस्रो सातादेखि अर्किड कप
काठमाडौं । अर्किड स्कुलको आयोजनामा छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिता फागुन १३ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा बढीमा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ ।
सञ्चालक भुजेलले कोरोना भाइरसका कारण अधिकांस समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल उच्च बनाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन