News
एन्फाले आफु मातहतका फुटबल संघहरुलाई प्रत्येक महिना ४५० थान फुटबल बितरण गर्ने
![](https://nepali.goalnepal.com/uploads/news/1538563671.jpg)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला फुटबल संघहरुलाई प्रत्येक महिना १० थान फुटबल उपलब्ध गराउने निर्णय गरेको छ ।
यसको अर्थ एन्फाले ग्रासरुट कार्यक्रमका लागि आगामी महिनादेखि कुल ४५० थान फुटबल आफू मातहतको जिल्ला फुटबल संघहरुलाई उपलब्ध गराउनेछ ।
फिफाको सहयोग र एन्फाको आयोजनामा ग्रासरुट डेभलपमेण्ट प्रोगाम हाल ४५ जिल्लाहरुमा शुरु भईसकेको छ । एन्फाले हालै ए डिभिजन लिग खेल्ने १४ क्लबहरुलाई पनि ५–५ थान फुटबल उपलब्ध गराएको थियो ।
त्यसैगरी बुधबार बसेको एन्फाको आकस्मिक बैठकले एन्फामा आवद्ध रहेका प्रशिक्षकहरुले अब अन्य क्लबहरुमा प्रशिक्षकिय जिम्मेवारी निर्वाह गर्न नपाउने निर्णय समेत गरेको छ ।
Post Comments