काठमाडौं । बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार एभनिर एफसी, क्यामरुनसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ ।
दशरथ रंगशालामा भएको खेलमा दर्शकहरुलाई पनि प्रवेश निःशुल्क गरिएको थियो । अधिकांश नयाँ अनुहारलाई लिएर उत्रिएको नेपालले गोलको खाता भने खोल्न सकेन ।
स्मरण रहोस, केही दिन अघि मात्र व्यवस्थापन पक्ष र मूख्य प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै केही सिनियर खेलाडीहरुले बन्द प्रशिक्षणबाट निस्किएपछि मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले १७ नयाँ खेलाडीहरुलाई टिममा सामेल गरेका थिए ।
एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । कतारमा नेपालले मई २३ र २४ तारीखका दिन अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पनि तय भईसकेको छ ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए परेको नेपालले कुवेत, जोर्डन र इण्डोनेसियासँग खेल्नेछ । प्रतियोगिताका सबै खेलहरु जुन महिनाको शुरुवातबाट कुवेतमा हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)