काठमाडौं । फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो गोलले पराजित गर्यो । ‘म्यान अफ द म्याच’ फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ६ गोल गरे । नरेन्द्र लामा, राजकुमार घिसिङ र गौतम लामाले १–१ गोल थपे ।
बौद्ध भेट्रान ‘ए’ र किङ कम स्पोर्ट्सले पनि सेमिफाइनलमा स्थान पक्का गरे । बौद्ध ‘ए’ ले जंगवीर युनाइटेडलाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ तीर्थ लामाले पेनाल्टीमा गोल गरे । किङ कमले बौद्ध ‘बी’ लाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । किङ कमका गोलरक्षक अमित प्रधान ‘म्यान अफ द म्याच’ चुनिए ।
यससगैं सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा किङ कमको भेट फ्रिडम ‘ए’ हुने छ भने बौद्ध ‘ए’ ले ढोलाहिटी विरुद्ध खेल्ने छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै