
काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको जोर्डन शतप्रतिशत जितका साथ समूह ए बाट एसियन कपका लागि छनौट भएको छ ।
समूह चरणको अन्तिम खेलमा जोर्डनले मंगलबार राती आयोजक कुवेतमाथि ३–० को जित निकाल्दै शतप्रतिशत जितका साथ एसियन कपका लागि छनौट भएको हो । स्मरण रहोस, जोर्डनले आफ्नो पहिलो खेलमा नेपाललाई २–० ले हराएको थियो भने दोस्रो खेलमा इण्डोनेसियालाई १–० ले पराजित गरेको थियो ।
जोर्डनसँगको हारले कुवेतको एसियन कपमा छनौट हुने सम्भावना समाप्त भएको छ र नेपालसँगै समूह चरणबाटै बाहिरिएको छ । समूह ए मा ९ अंक जोडेको जोर्डन शिर्ष स्थानमा छ ।
त्यस्तै ३ अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । समान ३ अंक जोडेको इण्डोनेसिया दोस्रो स्थानमा छ । इण्डोनेसियाले आज मध्यरात मै हुने समूह चरणको अन्तिम खेलमा नेपाललाई हराए उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने पाँचौं टोलीका रुपमा एसियन कपका लागि छनौट हुनेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने