
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीले एक स्थान सुधार गरेको छ । जुन महिनाका लागि निकालिएको नयाँ वरियतामा नेपाल १०१औं स्थानमा छ । त्यसका लागि नेपालले कुल ११९६.७३ अंक बटुलेको छ ।
दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । फिफा वरियताको ५६औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । त्यस्तै १४६औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १४९औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।
त्यस्तै १५३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १७२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहेको छ ।
विश्व वरियताको शिर्ष स्थानमा भने अमेरिका रहेको छ । त्यस्तै स्वीडेन दोस्रो स्थानमा छ भने फ्रान्स तेस्रो स्थानमा रहेको छ ।
- थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीमा ३१ खेलाडी
- एपिएफ क्लबलाई मकवानपुर महिला गोल्डकपको उपाधि
- राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ कै निरन्तरता
- प्रिती राई चोटिल
- नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४८ खेलाडी बोलाइए, थाईल्याण्डसँग मैत्रीपूर्ण म्याच पनि खेल्ने