
काठमाडौं । विश्व फुटबलका हस्ती तथा ब्राजिलियन लिजेण्ड रोनाल्डिन्होको टिम रान्स नुसनतारा एफसी विरुद्ध रोहित चन्दको टोलीले आइतबार जित निकालेको छ ।
रोनाल्डिन्हो कै सम्मानमा ‘ट्रफियो रोनाल्डिन्हो’ नाम राखी आयोजित फुटबल प्रतियोगिता अन्तरगत ३० मिनटको पहिलो खेलमा रोहितको टोली पेर्सिक केडिरी एफसीले रोनाल्डिन्होको टिम रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । रोहित पनि टोलीको पहिलो रोजाई मै मैदानमा उत्रिएका थिए र पूरा समय खेलेका थिए ।
त्यस्तै दोस्रो खेलमा पनि पेर्सिकले एरेमा एफसीलाई पेनाल्टी शुटआउट मै ५–४ हराउँदै दोस्रो जित दर्ता गर्यो । त्यो खेल पनि निर्धारित समयतर्फ गोलरहित बराबरीमा टुंगिएको थियो ।
यो समाचार तयार पार्दासम्म प्रतियोगिताको अन्तिम खेलमा अहिले केहीबेरमै रान्स र एरेमा भिड्ने छन् । यद्यपि दुई खेलमा लगातार जित निकालेको रोहितको टोलीले यो फुटबल प्रतियोगिताको ट्रफी जित्न भने सफल भएको छ ।
Full Time
— Persik Kediri (@persikfckediri) June 26, 2022
Match 2
Persik Kediri 0 (5)-(4) 0 Arema FC#Djajati#PersikKediri pic.twitter.com/eoOAIqiGjd
Full Time
— Persik Kediri (@persikfckediri) June 26, 2022
Match 1
Rans Nusantara 0 (2)-(4) 0 Persik Kediri#Djajati#PersikKediri pic.twitter.com/KtOEb9zwSt