News
एन्फा रेफ्री खड्गीको शल्यक्रिया सम्पन्न
काठमाडौं । एन्फा रेफ्री रोजेन्द्र खड्गीको एसिएल सर्जरी सफलताका सम्पन्न भएको छ । उनको शल्यक्रिया काठमाडौं स्थित बीएण्डबी अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको हो । साथै उनी अस्पतालबाट शुक्रबार मात्र डिस्चार्ज भएको समेत जानकारी दिए ।
स्मरण रहोस, रेफ्री खड्गीले आफ्नो स्वास्थ्य उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहयोगको लागि आग्रह गरेका थिए । यद्यपि उनले शल्यक्रिया वापत लागेको सबै खर्च आफूले नै व्यहोरेको बताए । साथै एन्फाले यसबारे केही सहयोग गर्नेमा आफू आशावादी रहेको पनि प्रतिक्रिया दिए ।
खड्गीका अनुसार एन्फाले आफूलाई केही सहयोग गर्ने प्रतिवद्धता जनाएकोले बताए । त्यति मात्र नभएर रेफ्री खड्गीका अनुसार रेफ्री संघले पनि उनको स्वास्थ्य उपचारमा आर्थिक रुपमा सहयोग गरेको बताए । उनले आफू पूर्ण रुपमा फिट हुन केही समय लाग्ने बताए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै