News
उर्जनलाई यु–१७ टोलीको जिम्मेवारी
काठमाडौं । एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक उर्जन श्रेष्ठले नेपालको यु–१७ पुरुष फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी पाएका छन् । उनको नियुक्तिबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ ।
नेपालको घरेलु टोली फुटबलमा सफलतम क्लब मानिएको थ्रीस्टार क्लबको जिम्मेवारी समेत सम्हालिसकेका उर्जनसँग प्रशिक्षकीय जिम्मेवारीको पनि राम्रो अनुभव छ । उनकै जिम्मेवारीमा नेपालको यु–१७ टोलीले आउँदो सेप्टेम्बरमा हुने साफ यु–१७ च्याम्पियनसिप र अक्टुबरमा हुने एएफसी यु–१७ एसियन कप छनौट खेल्नेछ ।
स्मरण रहोस, नेपाल यु–१७ फुटबल टोली तयार पार्न एन्फाले मंगलबारदेखि देशभरिबाट आएका युवा खेलाडीहरुबीच खुला छनौट कार्यक्रम पनि शुरु गरिसकेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै