काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटका लागि नेपाली यु–२० टोलीका मूख्य प्रशिक्षक मेघराज केसीले २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
टोलीमा गत महिना मात्र सम्पन्न साफ यु–२० च्याम्पियनसिप खेलेका सबैजसो खेलाडी सामेल छन् । मुख्य प्रशिक्षक केसीका अनुसार नेपाली यु–२० टोलीले हाल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा अभ्यास तथा प्रशिक्षण गरिरहेको बताए ।
स्मरण रहोस, आगामी सेप्टेम्बर १० देखि १८ तारीखसम्म बहराईनमा हुने एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपाल समूह बी मा परेको छ । जसमा नेपालले आयोजक बहराईनसँगै बलियो, बंगलादेश र भुटानको सामना गर्नेछ ।
नेपाली यु–२० प्रारम्भिक टोली
गोलकिपर्सः इश्वर गुरुङ, उमेश चौधरी, जियारथ शेख, टोप बहादुर राना
डिफेन्डर्सः अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन धानी, अभिषेक वाइबा, जान तम्ली, शेखर खवास, सयन्शु भुषाल, राज थोकर
मिडफिल्डर्सः दिपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, कृतिष रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जिव लामा
फरवार्डसः निरन्जन मल्ल, रोहन खड्गी
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान