काठमाडौं । साविक विजेता भारतले जारी महिला साफ च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न समूह ए तर्फको पहिलो खेलमा भारतले परस्पर प्रतिद्वन्द्वी पाकिस्तानलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले तुलनात्मक रुपमा भारत विरुद्ध कमजोर प्रदर्शन गरे तापनि खेलको अन्तिम समयसम्म पाकिस्तानी खेलाडीहरुले जुझारु प्रदर्शनलाई भने निरन्तरता दिए ।
दशरथ रंगशालामा खेलको २१औं मिनटमा मारिया जमिला खानको आत्मघाती गोलबाट भारतलेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनट लगतै ग्रेस दाङमीले भारतको अग्रता दोब्बर पारिन् । तेस्रो गोल भने खेलको अन्तिमतिर सोम्या गुगुलोथले गरिन र डिफेन्डिङ च्याम्पियनको जित पक्का गरिन् ।
भारतले आफ्नो आगामी खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ भने सोही पाकिस्तानले बंगलादेशको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल