News
लगातार दोस्रो जितसँगै सेमिफाइनलमा बंगलादेश
काठमाडौं । उत्कृष्ट लयमा रहेको बंगलादेश लगातार दोस्रो जारी साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको बंगलादेशले बुधबार आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ५–० ले हरायो र सेमिफाइनल स्थान सुरक्षित गर्यो ।
बंगलादेशले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ५–१ ले हराएको थियो । बुधबार माल्दिभ्स विरुद्ध बंगलादेशको जितमा मिराजुल इस्लामले ह्याट्रिक गरे भने नजमुल फैसल र मुर्शेद अलीले थप एक– एक गोल गरे ।
सेमिफाइनलमा प्रवेश गर्न अब समूह ए बाट शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलबाट थप एक एक टोलीको टुंगो लाग्नेछ । त्यस्तै समूह बी तर्फ भारत र भुटानसँगै नेपाल रहेका छन् । नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल