News
नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं । नेपाल यु–१७ फुटबल टोली श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न समूह बी तर्फको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई २–१ ले हराएसँगै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।
यो जितपछि समूह बी मा नेपाल र भारतको समान ३–३ अंक छ । भुटानले भने पहिलो खेलमा भारतसँग ३–० को हार बेहोरेको थियो । यो हारसँगै भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब समूह बी तर्फको अन्तिम खेलमा शुक्रबार नेपाल र भारत आमने सामने हुनेछन् । सो खेलको नतिजाले समूह बी को समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल