
हेटौडा । बुधबार सम्पन्न नागस्वोती भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वोती भेट्रान्सले जित्न सफल भएको छ ।
नवज्योति माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा आयोजक नागस्वोतीले ठमेल चिया पब भेट्रान्स, काठमाडौंलाई २–१ ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
आयोजकको जितमा राजकुमार घिसिङ र राजकुमार केसीले गोल गरे । उता पराजित ठमेलका लागि नरकुमार राईले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच आयोजक नागस्वोतीका राजकुमार घिसिङ चुनिए ।
व्यक्तिगत विधातर्फ आयोजक कै दिलिप क्षेत्री उत्कृष्ट गोलरक्षक बन्दा भीम श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट मिडफिल्डर ठमेल चिया पबका लक्ष्मी याक्खा घोषित हुँदा उत्कृष्ट फरवार्ड आयोजकका विकर्ण श्रेष्ठ बने ।
उत्कृष्ट प्रशिक्षक पनि आयोजक कै भरत तितुङ घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक नागस्वोतीका राजकुमार घिसिङ बने । उनले हेटौडा स्कुल अफ म्यानेजमेण्टद्वारा प्रायोजित नगद ५० हजार हात पारे ।
विजेता बनेको नागस्वोती भेट्रान्स क्लबले उपाधिसहित नगद २ लाख १ हजार हात पार्यो भने उपविजेता ठमेल चिया पबले १ लाख १ हजारमा चित्त बुझायो ।
विजयी खेलाडीहरुलाई फाइनल कार्यक्रमका प्रमुख अतिथी गोेरखबहादुर गण सुपारेटारका गणपति सुवासचन्द्र महत, आयोजक नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोमबहादुर तितुङ लगायतका अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा