
काठमाडौं । बहराईनमा जारी एएफसी यु–२० एसियन कप छनौटतर्फ समूह बी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा पनि लगातार हार बेहोरेको छ । शनिबार मात्र समूह चरणको पहिलो खेलमा भुटानसँग २–० ले पराजित हुन पुगेको नेपालले सोमबार अबेर राती सम्पन्न खेलमा एसियन पावर हाउस कतारसँग ३–१ ले पराजित हुन पुग्यो ।
बहराइनी शहर अरद स्थित अल मुहरक स्टेडियममा सम्पन्न खेलमा नेपालले पछिल्लो खेलमा भन्दा केही सुधारिएको तर मिश्रित प्रदर्शन गरेको थियो । नेपालले पहिलो हाफमा दुई गोल खान पुग्यो भने दोस्रो हाफमा थप एक गोल खान पुगेको थियो । पहिलो हाफमा कतारका लागि मोहमद मन्सुर अली र मोहमद सुरागले गोल गरे ।
त्यस्तै दोस्रो हाफमा भने रशिद अब्दुलाजिजले गोल गरेका थिए । यता नेपालले भने आत्मघाती गोलका रुपमा उपहार पाएको थियो । कतारी खेलाडीले ब्याक पास दिएको बललाई गोलरक्षक अमिर हसनले गल्तीवस नियन्त्रण गुमाउँदा बलले पोष्टको जाली चुमेको थियो ।
यो नतिजासँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने यु–२० एसियन कपमा छनौट हुने सम्भावना कठिन मात्र नभएर गणितीय रुपमा लगभग समाप्त भएको छ । नेपालले समूह चरणको तेस्रो खेल बुधबार आयोजक बहराईनसँग खेल्नेछ भने अन्तिम खेल आउँदो आइतबार बंगलादेशसँग खेल्नेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने