News
भुटानमाथि कतारको सहज जित

काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको बलियो कतारले भुटानमाथि सहज र फराकिलो जित हात पारेको छ । बहराइनी शहर अरद स्थित अल मुहरक स्टेडियममा बुधबार राती सम्पन्न खेलमा कतारले भुटानलाई ६–० ले हराएको हो ।
छनौट प्रतियोगितामा कतारको यो लगातार दोस्रो जित समेत हो । यसअघि कतारले आफ्नो पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा नेपालमाथि २–० को सनसनीपूर्ण जित निकालेको थियो ।
यो जितपछि २ खेलबाट ६ अंक जोडेको कतार समूह बी को शिर्ष स्थानमा छ । त्यस्तै ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ भने ३ अंकका साथ भुटान तेस्रो स्थानमा छ । त्यस्तै १ अंक जोडेको आयोजक बहराईन चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पुछारमा छ । नेपालले बुधबार अबेर राती नै बहराईनसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने